×

TUNGOON

परिमार्जनसहित पास गर्नुपर्ने नेकपा एमालेका उपाध्यक्ष भीम रावलको भनाई


काठमाडौं । भदौ २३ गते
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परिमार्जनसहित पास गर्नुपर्ने नेकपा एमालेका उपाध्यक्ष भीम रावलको भनाई छ । आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने बताउनु भएको छ । रावलले केहि प्रावधान र सम्झौता राष्ट्रिय हित विपरित रहेकाले परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

उहाँले अरुदेशजस्तै अमेरिकासँग पनि राम्रो सम्बन्ध राख्न चाहेको बताउनु भएको छ । विगतमा अमेरिकाबाट आएका सहयोगमा प्रश्न नउठेको धारणा राख्दै उहाँले एमसीसी सम्झौताका केहि बुँदा राष्ट्रहित विपरित रहेकाले प्रश्न चिन्ह उठेको स्पष्ट पार्नु भएको छ । रावलले एमसीसीमा नेपाल र अमेरिकाबीच द्विपक्षिय सम्झौतामा तेस्रो पक्षको पनि अनुमति लिनुपर्ने प्रावधान गलत रहेको उल्लेख गर्नु भएको छ । एमालेलाई विभाजन स्वीकार्य नभएको बताउँदै उनले अहिलेको आवश्यकता एमाले एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला