×

TUNGOON

माधव नेपालको पार्टी चाँडै फुट्ने एमालेका नेता बस्नेतको भविष्यवाणी


काठमाडौं । भदौ २४ गते
संसद् चल्ने स्थिति नभएकाले अग्रीम चुनावमा जानुपर्ने नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले बताउनु भएको छ । उहाँले सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीको गलत व्याख्या गरेर समानान्तर न्यायालय चलाउन खोजेको आरोप समेत लगाउनु भएको छ । बस्नेतले अस्थिरता, विकृति र विसंगतिले भरिएको सदन अब नचल्ने र यसले विधेयक पास गर्न समेत नसक्ने जिकिर गर्नुृ भएको छ ।

संसद्लाई जतिसक्दो चाँडो अन्त्य गरेर अर्ली इलेक्सनमा जानुपर्ने बताउँदै फागुनदेखि वैशाखसम्म सबै तहको निर्वाचन एकैचोटि गराउनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । अब फैसला गर्ने जिम्मा जनताको हातमा सुम्पिनु पर्ने बताउनु भएको छ ।

उहाँले एमालेको १४ जना सांसदलाई कारबाही नगरेकाबारे परेको मुद्दा अदालतमा विचाराधीन रहेकाले भदौ २८ गतेसम्म पर्ख भन्दा पनि सभामुखले जबर्जस्ती गरेकाले संसद्मा अवरोध गर्नुपरेको जिकिर गर्नु भएको छ । नेता बस्नेतले सभामुखले अरु दललाई एउटा र एमालेलाई अर्को कानुन लगाउन नमिल्ने बताउनु भएको छ ।

निर्वाचन आयोग, सर्वोच्च अदालत र सभामुखले सेटिङ चलाएको आरोप पनि लगाउनु भएको छ । लोकतान्त्रिक मान्यतालाई उहाँले चुनौती दिएर अध्यादेश ल्याइएको र देशीविदेशी शक्तिको डिजाइनभित्र माधव नेपाल एउटा पात्रका रुपमा खडा भएको दाबी गर्नु भएको छ ।त्यस्तै उहाँले थियो । नेता बस्नेतले माधव नेपालको पार्टी चाँडै फुट्ने भविष्यवाणी समेत गर्नु भएको छ ।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला