×

TUNGOON

पार्टीको वडा अधिवेशन तत्काल गर्नुपर्ने अवस्था आएको कांग्रेसका नेता प्रकाशमान सिंहको भनाई


काठमाडौं । भदौ २४ गते
पार्टीको वडा अधिवेशन तत्काल गर्नुपर्ने अवस्था आएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाई छ । बिपी जयन्तीको अवसरमा एक सन्देश जारी गर्दै उहाँले उक्त प्रतिक्रिया दिनु भएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा रहेको र वडा अधिवेशन प्रारम्भ भइसकेको भए पनि केही स्थानमा अझै बाँकी रहेको जानकारी दिनु भएको छ ।

उहाँले तत्काल बाँकी रहेका स्थानमा पनि अधिवेशन यथाशक्य सम्पन्न गर्दै मंसिरमा निर्धारित महाधिवेशन सुनिश्चित गर्नु पर्ने बताउनु भएको छ । कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्दै नेता सिंहले बलियो कांग्रेस र सक्षम नेतृत्व भएमात्र संस्थापक नेता जननायक बिपीले देखेका सपना पूरा गर्न सकिने जिकिर गर्नभएको छ ।

त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा आग्रह गर्नु भएको छ । कांग्रेसले २० जिल्लाको क्रियाशील सार्वजनिक अझै गरेको छैन। जसका कारण ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ। क्रियाशिल सदस्यता सार्वजनिक भएका ५७ जिल्लाको वडा अधिवेशन अधिकांशमा सकिए पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा भने विवादले चर्को रुप लिएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला