×

TUNGOON

हरितालिका तीज २०७८ ले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् –कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी


काठमाडौं । भदौ २४ गते
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज २०७८ ले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् भन्ने कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कामना गर्नु भएको छ ।

हरितालिका तीज २०७८’को अवसरमा सम्पूर्ण नेपाली महिला एवं प्रदेशवासी महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख कलौनीले सबै प्रकारका असमानताको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्नतर्फ उत्प्रेरित हुनुपर्नेमा जोड दिर्नु भएको छ ।

नेपाली महिलाले आफ्नो सौभाग्य, पारिवारिक सुख, सु–स्वास्थ्य र दीर्घायूको कामना गर्दै हरेक वर्ष भदौ शुक्लपक्ष तृतीयाका दिन उपवास बसी एक सनातन सांस्कृतिक पर्वको रुपमा यसलाई हर्षोल्लासपूर्वक नाचगानका गरी मनाउने गरिन्छ । उहाँले तीजलगायत सांस्कृतिक पर्वले सबै नेपालीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउने विश्वास वयक्त गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला