×

TUNGOON

एमसिसीकी उपाध्यक्ष फातिमा सुमार काठमाडौँमा


काठमाडौं । भदौ २४ गते
आज बिहान बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार काठमाडौँ आइपुगेकी छन्।सुमारसहितको टोली आज बिहान ९ बजेर २७ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

एमसिसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल यात्रालाई लिएर प्रदर्शन थप चर्किएको छ। बुधबार प्रदर्शनकारीले सुमार र एमसिसीको विरोध गरिएका प्लेकार्ड बोकेका थिए।उनीसहितको टोली कतार एअरवेजको जहाजमा आएको हो ।

उनीहरु विमानस्थलबाट निस्किएको पनि क्षेत्रीले जानकारी दिए ।एमसिसी परियोजनाबारे नेपालमा भइरहेको चर्को विरोधका कारण सुमार यात्रा विवरण गोप्य राखिएको छ।सरकारले विदेशी दातृ निकायको विरोध नगर्न चेतावनी दिए पनि दिनहुँजसो एमसिसीविरुद्ध प्रदर्शन हुँदै आएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला