×

TUNGOON

म्यासेडोनियामा एक कोभिड अस्पतालमा भएको आगलागी हुँदा १० जनाको मृत्यु


काठमाडौं । भदौ २४ गते
म्यासेडोनियामा एक कोभिड अस्पतालमा भएको आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। म्यासेडोनिया नर्थ दक्षिणपूर्वी युरोपेली देश हो ।

टेटेभो सहरको मुख्य सडकनजिक रहेको कोभिड अस्पतालमा भएको आगलागीमा उपचार गराइरहेका कोरोना संक्रमितहरुको मृत्यु भएको हो। त्यहाँका स्वास्थ्य मन्त्री भेन्को फिलिप्सले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। आगलागीमा परेर घाइते भएका थुप्रै व्यक्तिलाई उपचारका लागि क्यापिटल स्कोप्ज अस्पताल लगिएको स्वास्थ्यमन्त्रीको भनाइ छ। घाइतेहरुको संख्या कति छ भन्नेबारे भने खुलाइएको छैन। त्यहाँको प्रहरीले अस्पतालमा भएको आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला