×

TUNGOON

एमसीसीले अर्थमन्त्रीलाई पठाएको पत्रले नेपालको कानून विपरीत गरिएका सम्झौतालाई संशोधन गर्ने एमाले उपाध्यक्ष रावलको भनाई


काठमाडौं । भदौ २४ गते
सरकारले एमसीसीलाई पठाएको पत्र र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढेको नेकपा (एमाले) उपाध्यक्ष भीम रावलको भनाई छ । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले दुवै पत्रमा नेपाली जनतालाई झुक्याएर एमसीसी संसदबाट पास गराउने षड्यन्त्र मात्रै भएको बताउनु भएको छ ।

उहाँले नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढेको र यी दुवै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षड्यन्त्रकै उपज भएको जिकिर गर्नु भएको छ । त्यस्तैगरी एमसीसीलाई पठाइएको पत्र र एमसीसीले अर्थमन्त्रीलाई पठाएको पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत गरिएका सम्झौतालाई संशोधन गर्ने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला