×

TUNGOON

केन्द्रीय कार्यसमिति बैठक बोलाउन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको माग


काठमाडौं । भदौ २४ गते
केन्द्रीय कार्यसमिति बैठक बोलाउन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् ।उपसभापति निधिले पार्टीभित्र देखिएको क्रियाशील सदस्यता विवाद र निर्वाचन निर्देशिका भएका त्रुटिहरु सच्याउन केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् ।

बुधबार सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै उपसभापति निधिले निर्वाचन निर्देशिका कार्यान्वयन गर्ने क्रममा विधानमा कतिपय त्रुटि र विरोधाभासपूर्ण प्रावधान रहेको देखिएकाले केन्द्रीय समिति बैठकबाट सच्याउनुपर्ने बताइसकेका छन् ।‘संघीय संसद निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिहरुमा सबै आरक्षित समूहको प्रतिनिधित्व हुने प्रत्याभूत व्यवस्थामा कटौती हुन गएको र उनीहरु महाधिवेशन प्रतिनिधि आउन नसक्ने गरी निषेधात्मक प्रावधान हुन आएको बताएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला