×

TUNGOON

माओवादी केन्द्रका अध्यक्ष दाहाल, जसपाका अध्यक्ष यादव र एसका अध्यक्ष नेपालबीच भेटवार्ता


काठमाडौं । भदौ २४ गते
आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष यादव निवास हात्तिवनमा तीन नेताबीच भेटवार्ता भएको हो । उनीहरुबीच बिहान ९ः३०देखि ११ः३० बजेसम्म भेटवार्ता भएको थियो ।

भेटमा मन्त्रिपरिषद् विस्तार तथा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल भएको बताइएको छ । जसपा अध्यक्ष यादव एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी अहिलेकै अवस्थामा संसद्बाट पास गर्न नहुने बताएका छन् । नेकपा एकीकृत समाजवादीले भने यसबारे आफ्नो कुनै पनि धारणा सार्वजनिक गरेको छैन ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला