×

TUNGOON

कांग्रेसका प्रवक्ता शर्माद्वारा पार्टीको आगामी महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा


काठमाडौं । भदौ २४ गते
पार्टीको आगामी महाधिवेशनका लागि महामन्त्री पदमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गर्नु भएको छ । आज सुन्दरीजल पुगेर उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नु भएको हो । आफु पार्टीको प्रवक्ताबाट अगाडि बढेर उपयुक्त समयमा उम्मेदवारी दिने कुराको पहिल्यै जानकारी दिएको स्मरण गर्नु भएको छ ।

आज बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेर नेता शर्माले यस्तो बताउनु भएको हो । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिरमा हुँदैछ । त्यसका लागि विभिन्न जिल्ला वडा अधिवेशनहरु हुने क्रम जारी छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला