काठमाडौं । भदौ २४ गते
एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न चार दिने नेपाल भ्रमणमा आएकी फातिमाले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछिन् ।एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली बिहीबार नेपाल आएसँगै राजनीतिक दौडधुप तीव्र पारेका छन् ।नेपाल आएलगतै सुमारले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता सुरु गरेकी छन् ।
ठमाडौं आएलगतै फातिमाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनलकै निवास बालकोट पुगेर एमसीसीबारे धारणा बुझेकी छन् ।बिहीबार नै एमसीसी उपाध्यक्ष फातिमाले नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालसँग भेटेकी छन् । फातिमाले समाजवादी अध्यक्ष नेपालसँगको भेटमा पनि एमसीसी कार्यान्वयनका विषयमा सहयोग गर्न उनले आग्रह गरेकी थिईन् ।