×

TUNGOON

एमससीसी तत्काल पारित गर्ने अवस्था नरहेको सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले निकाल्यो निष्कर्ष


 

काठमाडौं । भदौ २४ गते
एमससीसी तत्काल पारित गर्ने अवस्था नरहेको सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले निष्कर्ष निकालेको छ । उक्त बैठकले एमसीसी परियोजना सरकारले अगाडि बढाउन लागेको चर्चा भइरहेका बेला बसेको सत्ता गठबन्धनको अहिलेकै परिस्थितिमा एमसीसी पास नगर्ने निष्कर्ष निकालेको हो । एमसीसीका बारेमा अहिले पनि कतिपय बुँदाहरु अस्पष्ट रहेको बताउँदै सत्ता गठबन्धनले नेपालको हितअनुसार मात्र परियोजना अगाडि बढाउन सकिने बताएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेको अवस्थामा कसरी समझदारी कायम गरेर अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब आउन थालेको भन्दै यसलाई छिटो टुंगोमा पुर्‍याउन सत्ता साझेदार दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो । बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अहिलेको समसामयिक विषयमा गठबन्धनमा छलफल भएको बताउनुभयो । बैठकमा एमालेले संसद् अवरुद्ध पारेपछिको अगाडि बढ्ने विषय छलफल भएको बताउँदै उहाँले संसद्लाई प्रभावकारी बनाएर लैजाने विषयमा प्रतिपक्ष दलसँग समन्वय गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला