×

TUNGOON

आज देशभरका अधिकांश स्थानको मौसम सफा रहने, केही स्थानमा भने हल्का वर्षाको सम्भावना


काठमाडौं । भदौ २४ गते
आज देशभरका अधिकांश स्थानको मौसम सफा रहने तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव छ। साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक छ ।अहिले बिहान कर्णाली र सुदूरपश्चिका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समीरकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अब तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावनादेखिएको छैन । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।त्यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला