×

TUNGOON

आज बिहान ११ बजे पछि मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं । भदौ २४ गते
आज बिहान मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेर ४५ मिनेटमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकको एजेण्डा नखुलाइएपनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ । एमसीसी उपाध्यक्ष फातिमा मसुर नेपाल भ्रमणमा आएपछि एमसीसीबारे बहस चर्किरहेको छ भने प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न इच्छुक भएपनि सत्ता गठबन्धन नै एकमत रहेको छैन ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला