×

TUNGOON

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा खेलमा नेपाल र पपुवा न्युगिनी भिड्दै


काठमाडौं । भदौ २४ गते
दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा खेलमा आज नेपाल र पपुवा न्युगिनी भिड्दै छन् । दुई खेलको शृंखलाअन्तर्गत आज अपराह्न ४ः१५ बजे दोस्रो खेल हुन लागेको हो। ओमानको अल अमिरात क्रिकेट मैदानमा डे–नाइट खेल हुनेछ।यो नेपालका लागि पहिलो डे–नाइट एकदिवसीय अन्तराष्ट्रिय खेल हुनेछ।

यसअघि नेपालले डे–नाइट खेल खेलेको थिएन।पहिलो खेल नेपालले जितको थियो। दुई विकेटले जित्दा रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय शृंखला अघि नेपालले पीएनजीसँग खेलिरहेको छ। लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले पहिलो खेल अमेरिकासँग भदौ २८ गते प्रतिस्पर्धा गर्नेछ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला