×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । भदौ २७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सामान चोरी हुने योग रहेको छ भने टाउको दुख्ने समस्या हुनुका साथै आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धार्मिक तथा समाजसेवामा मन लाग्नुका साथै नयाँ कार्यको योजना बन्ने तथा बोलीको प्रभाव बढ्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्ने योग रहेको छ भने मनमा उमङ्ग र उत्साह छाउनुका साथै वैदेशिक क्षेत्रबाट सफलता मिल्ने तथा भक्ति पनि बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुने तथा परिवारसँग समय बिताउने अवसर जुट्ने र शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज परिवारजनको साथले नयाँ आशा जगाउने योग रहेको छ भने शुभ समाचार सुन्न पाइने तथा आस मारेको काम बन्नेछ, तर पेटको समस्या बढ्न सक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा शुभ काममा मन जानुका साथै घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा गरेको कार्यमा सफलता पाइनुका साथै पुनर्मिलनको योग पनि रहेको छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुने योग रहेको छ भने आफन्तको प्रगतिले मन रमाउने तथा सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अपजस मिल्नसक्ने भएकाले सजग रहनु पर्ने छ भने आर्थिक कारोबारमा मन्दी आउने योग रहेको छ भने नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने योग रहेको छ भने मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनुका साथै आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग रहेको छ भने सरकारी निकायबाट सहयोग मिल्ने तथा शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सानातिना बाधा इलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जाने योग रहेको छ भने विद्या र बुद्धिको विकास हुने तथा शुभकार्यको चर्चा चल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला