×

TUNGOON

एमाले अध्यक्ष केपी ओली समूहले कार्यकर्तामा मनोवैज्ञानिक डर सिर्जना गरेको सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहको भनाई


काठमाडौं । भदौ २७ गते
एमाले अध्यक्ष केपी ओली समूहले कार्यकर्तामा मनोवैज्ञानिक डर सिर्जना गरेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहको भनाई छ । काठमाडौंमा आयोजित अछाम काठमाडौं सम्पर्क मञ्चको विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज शाहले पार्टी विभाजन गरे फेरि स्थापित नसकिने भन्दै डर देखाइरहेको बताउनु भएको हो ।

उहाँले आफूहरुले एमालेभित्र विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेको पनि बताउनु भएको छ । विभाजन हुँदा नयाँ पार्टीको राजनीतिक भविष्य नै नहुने भन्दै कार्यकर्तामा भ्रम सिर्जना गर्न खोज्नु हाँस्यास्पद भएको उहाँको भनाई छ । भनिन् ।यस्तै, कार्यक्रममा बोल्ने अधिकांश अछामी नेताहरुले एमाले उपाध्यक्ष भीम रावललाई अर्को केपी ओलीको संज्ञा दिएका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला