×

TUNGOON

कांग्रेस कांग्रेसकै कारणले मात्रै पराजित भएको हो –महामन्त्री शशांक कोइराला


काठमाडौं । भदौ २७ गते
कांग्रेस महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गर्नु भएको छ । शनिबार गृहजिल्ला नवलपुर पुग्नु भएका कोइरालाले उक्त घोषणा गर्नु भएको हो । कांग्रेस देवचुली नगर कार्यसमितिले शनिबार निर्माण गरेको बीपी स्मृति भवन उद्घाटन गर्न आएका महामन्त्री कोइरालाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफू सभापतिमा लड्ने बताउनु भएको हो ।

उहाँले नवलपुर आफ्नो गृहजिल्ला भएकाले जसरी गिरिजाप्रसाद कोइरालाले गृहजिल्ला मोरङबाट महत्त्वपूर्ण घोषणा गर्नु हुन्थ्यो, आफुले पनि गृहजिल्लाबाट सभापतिमा लड्ने महत्त्वपूर्ण घोषणा गरेको बताउनु भएको छ । उहाँले उम्मेदवारीको औपचारिक घोषणा भने पछि गर्ने जनाकारी दिनु भएको छ ।

त्यस्तै कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी ुसमेत गर्नु भएको छ । ‘कांग्रेस कांग्रेसकै कारणले मात्रै पराजित भएको बताउँदै महामन्त्री कोइरालाले ‘महाधिवेशन पछि कांग्रेस एकजुट हुने र आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउँने बताउनु भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला