काठमाडौं । भदौ २७ गते
आज नेपाली महिला फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई २–१ गोलअन्तरले हराएको नेपाल आज पनि जितको अपेक्षासहित मैदान उत्रने छ।
नेपाल बंगलादेशसँग हालसम्म अपराजित छ।खेल साँझ पाँचबजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। टिकट शुल्क २०० र ५०० तोकिएको छ। खेलको प्रत्यक्ष प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ।नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो।