×

TUNGOON

आज नेकपा एमालेको संसदीय दलको बैठक बस्दै


काठमाडौं । भदौ २७ गते
आज मध्याह्न १२ बजे नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।संसद्मा विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भएको छ ।

एमाले सांसदले शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला