×

TUNGOON

आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनको बैठक बस्दै


काठमाडौं । भदौ २७ गते
आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनको बैठक बस्दै छ। सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएसँगै पहिलोपटक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्दैछ। प्रतिनिधि सभाका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट पास गरेको थियो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्विकृतीका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। यसैगरी प्रधानमन्त्रीले नै रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ५ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ। त्यसैगरी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई वटा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दुई वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची रहेको छ।आजको बैठकमा अध्यादेशसम्बन्धी दर्जन प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला