×

TUNGOON

पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको प्रचण्डको भनाई


काठमाडौं । भदौ २७ गते
पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनु भएको छ ।

आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले यस्तो बताउनु भएको हो ।गोन्जालोले गाउँ घेर्दै शहर कब्जा गर्ने रणनीति अवलम्बन गरेका थिए । सोही रणनीति प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धमा पनि अपनाइएको थियो ।

गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा प्रचण्डले श्रद्धाञ्जली प्रकट पनि गर्नु भएको छ । पेरुमा सशस्त्र क्रान्ति थालेका उनी आतंक फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन काराबासको सजायँ भोग्दै आएका थिए । जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा शनिबार उनको निधन भएको थियो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला