×

TUNGOON

आज प्रहरीले अभियुक्त लोकबहादुरलाई प्रमाणसहित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्दै


काठमाडौं । भदौ २७ गते
प्रहरीले आज संखुवासभाको हत्या अभियुक्त लोकबहादुरलाई जिल्ला प्रहरी कार्यालय चैनपुरमा प्रमाणसहित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ ।संखुवासभा मादी नगरपालिका–१ उम्लिङस्थित ५२ वर्षीय तेजबहादुर कार्कीको घर र २६ वर्षीय लोकबहादुर कार्कीको घर एक झन्डै १ सय ५० मिटरको दूरीमा छ ।

तेजबहादुर र लोकबहादुर दुवै जना आफन्त पनि हुन् । नातामा लोकबहादुर कार्की तेजबहादुरका भतिजा हुन् । उनी हत्या गरिएका तेजबहादुरका बढावाका नाति थिए ।लोकबहादुरलाई जिल्ला प्रहरी कार्यालय चैनपुरमा सबुद प्रमाणसहित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ ।

तर, तिनै तेजबहादुरसहित उनका परिवारका ६ जनाको हत्या भतिजा लोकबहादुरले गरेको खुलासा भएको छ । एकै परिवारका ६ जनाको हत्याले राष्ट्रिय रूप लिएपछि अनुसन्धानमा गम्भीर रूपमा जुटेको प्रहरी टोलीले हत्याको एक साता पनि नबित्दै अभियुक्तलाई पक्राउ गरेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला