×

TUNGOON

सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्र,पर्व मनाउन प्रमुख शाक्यको आग्रह


काठमाडौं । भदौ २७ गते
सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्र,पर्व मनाउन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आग्रह गर्नु भएको छ ।

विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व भएकाले यसको पहिचान अन्तर्राष्ट्रिय स्तरमा रहेको र इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवस्थित ढंगले बनाउन सबैलाई अपिल गर्नु एको छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रहमा हामीले ३ सय जनााई खोपको व्यवस्था गरेको बताउँदै आवश्यक परे थपलाई पनि व्यवस्थापन गर्न तयार रहेको जानकारी दिनु भएकोृ छ । शाक्यले विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गर्ने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताउनु भएकोछ । उहाँले कोभिडको जोखिम घटिनसकेका कारण जात्रामा अग्रपंक्तिमा उपस्थित हुनैपर्ने मात्र सहभागी भइदिन आग्रह गर्नु भएको छ ।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला