×

TUNGOON

तालिबानको नयाँ सरकारलाई मान्यता नदिने फ्रान्सका विदेशमन्त्री ज्या य्वेस ले ड्रियानको जिकिर


काठमाडौं । भदौ २७ गते

तालिबानको नयाँ सरकारलाई मान्यता नदिने फ्रान्सका विदेशमन्त्री ज्या य्वेस ले ड्रियानले बताउनु भएको छ । उहाँले तालिबानले झुठ बोलेको भन्दै तालिबानी सत्तालाई फ्रान्सले मान्यता नदिने बताउनु भएको हो ।

फ्रान्सले तालिबान सरकारलाई मान्यता नदिने र कुनै सम्बन्ध नराख्ने उहाँले स्पष्ट पार्नु भएको छ । उहाँले तालिबानले सहायता पाउन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्नका लागि केही कदम चाल्न आवश्यक रहेको जिकिर गर्नु भएको छ ।

आज कतारमा अफगानिस्तानबाट थप मानिसहरु बाहिर निकाल्ने विषयमा छलफल हुँदैछ । यसमा फ्रान्स पनि सहभागी हुनेछ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला