×

TUNGOON

केयरगिभर’का लागि इजरायल जानेहरूको अंग्रेजी भाषा परीक्षा आज हुँदै


काठमाडौं । भदौ २८ गते
आज केयरगिभर’का लागि इजरायल जानेहरूको अंग्रेजी भाषा परीक्षा हुँदैछ। वैदेशिक रोजगार विभागले परीक्षाका लागि काठमाडौंमा विभिन्न १६ परीक्षा केन्द्र तोकिएको जानकारी दिएको छ।विभागका अनुसार परीक्षामा सात हजार ९ जना परीक्षार्थी सहभागी हुनेछन्।

विभागका अनुसार परीक्षा दिउँसो १ बजेदेखि हुनेछ। परीक्षा समयावधि १ घन्टाको हुनेछ।भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ। लिखित परीक्षापछि मौखिक परीक्षा हुने विभागले जनाएको छ।

परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ।सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला