×

TUNGOON

शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको अर्थमन्त्री जनार्दन शर्माको भनाई


काठमाडौं । भदौ २८ गते
शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ । अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिनु भएको हो ।

सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरि छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद भएपछि सरकारले छानबनि समिति गठन गरेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला