×

TUNGOON

ओखलढुंगाको मानेभन्ज्याङमा जिप दुर्घटना,एक जनाको मृत्यु, ९ जना घाइते


काठमाडौं । भदौ २८ गते
ओखलढुंगाको मानेभन्ज्याङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।मानेभन्जयाङ गाउँपालिका–६ हिलेपानीमा आइतबार दिउँसो बा ११ च ५ २१० नम्बरको जिप सडकबाट ५० मिटिर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेबाट यात्रु लिएर काठमाडौँ जाँदै थियो।दुर्घटनामा बारा घर भएका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। जिपमा चालकसहित १० जना सवार थिए।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला