×

TUNGOON

पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेको र नेकपा एमाले स्वच्छ बनेको गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङको भनाई


 

काठमाडौं । भदौ २८ गते
पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेको एमाले केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाई छ । कार्यकर्तालाई चिन्ता नलिन उहाँले आग्रह गर्नु भएको छ ।

दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले ‘पार्टी फुटेको नभई एमालेमा भएको पिलो मात्रै फुटेको तर्क गर्नु भएको छ । उहाँले माओवादी केन्द्रसँगको एकता टुटेपछि एमालेमा उत्पन्न भएको पिलोको पिप फुटेर गएकाले अब सन्च भएको र नेकपा एमाले स्वच्छ बनेको जिकिर गर्नु भएको छ ।

गण्डकीमा १ हजार ७ सय ६० मध्ये ३८ जना पिलोको पिप भएर बगेर गएको उहाँको भनाइ थियो। उहाँले विभिन्न पदको लोभ देखाई झुक्याएर एकीकृत समाजवादीमा लागेकाहरु भन्दै फेरि आफ्नै घरमा फर्किने विश्वास व्यक्त गर्नु भएको छ ।

एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले आगामी निर्वाचनमा जितेर एमाले फेरि पनि सरकार बनाउने र विकास तथा समृद्धिको नेतृत्व गर्ने दाबी गर्नु भएको छ । उहाँले एमाले कम्युनिस्ट आन्दोलन र राजनीतिको प्रमुख धारसँगै नेपालको विकासको अभियन्ता भएकाले सिद्धान्त र उद्देश्यबिनाको नेकपा एसले हामीलाई केही असर गर्न नसक्ने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला