काठमाडौं । भदौ २८ गते
उत्तर कोरियाले मार हान्न सक्ने लामो दूरीसम्म मिसाईल परीक्षण गरेको छ ।प्योङयाङले लामो दूरीको क्रुज मिसइल परीक्षण गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।
उत्तरका आणविक कार्यक्रमलाई लिएर प्योङयाङ र वासिंगटनबीच तनाब बढिरहेका बेला उसले पुनः आणविक होड देखाएको हो ।उत्तर कोरियाको पछिल्लो परीक्षणले छिमेकी मुलुक र वरपरका अन्य क्षेत्रमा खतरा निम्त्याएको अमेरिकाले टिप्पणी गरेको छ ।
उत्तरको पछिल्लो गतिविधिले उसले आफ्नो सैन्य कार्यक्रमलाई निरन्तर विकास गरेको र छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायलाई खतरा निम्त्याएको देखिएको अमेरिकी हिन्द–प्रशान्त कमाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।