×

TUNGOON

चीनले आफ्नो समुद्री इलामा पनडुब्बी जहाज घुसपैठ गराएको जापानको आरोप


काठमाडौं । भदौ २८ गते
जापानले छिमेकी मुलुकहरुमा सीमा अतिक्रमणको आरोप खेप्दै आएको चीनले आफ्नो समुद्री इलामा पनडुब्बी जहाज घुसपैठ गराएको आरोप लगाएको छ ।पूर्वी चीन सागरमा रहेको आफ्नो टापुमा चीनले पनडुब्बी जहाज घुसपेठ गराएको जापानले आरोप लगाएको हो ।

जापानले आफ्नो टापु नजिक पनडुब्बी जहाजको निगरानीका क्रममा चिनियाँ जहाजले आफ्नो क्षेत्रमा घुसपैठ गरेको जनाएको हो ।पनडुब्बी जहाजको गतिको निगरानीका लागि जापानले एक युद्धपोत र विमान पठाइएको पनि जनाएको छ । चीनले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । पूर्वी चीन सागरका केही टापुहरुमा दुई देशबीच सीमा विवाद छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला