×

TUNGOON

पार्टीलाई कहिल्यै नफुटाउने राप्रपाका अध्यक्ष कमल थापाको भनाई


काठमाडौं । भदौ २८ गते
पार्टीलाई कहिल्यै नफुटाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिस्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रपा अब कहिल्यै नफुट्ने बताउनु भएको छ ।

अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभई विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गर्नु भएको छ । आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्दै नयाँ विधानअनुसार महाधिवेशन गर्न उहाँको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला