×

TUNGOON

आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्यो


काठमाडौं । भदौं २९ गते
नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । नेपालका लागि कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक बनाएपछि अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २ सय ३१ रनको लक्ष्य ४९ ओभरमा पूरा गरेको थियो । आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा कुशलले ९३ बल खेली ३ चौका र ३ छक्का प्रहार गरेका थिए भने रोहितले ८७ बलको इनिङ्समा २ चौका र ३ छक्का प्रहार गरेका थिए ।

ओपनर आसिफ शेख २३, कप्तान ज्ञानेन्द्र मल्ल १७, कुशल मल्ल १ र विनोद भण्डारी ३७ रनमा आउट भएका थिए भने विनोदले ४८ बल खेली २ चौका र १ छक्का प्रहार गरेका थिए । अमेरिकाका निसर्ग पटेल र नोसठुग केनजिगेले २–२ विकेट लिएका थिए ।नेपाल जितका बाबजुद ६ अंकसहित छैटौं स्थानमा यथावत छ । अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला