×

TUNGOON

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै


काठमाडौं । भदौं २९ गते

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । नेकपा एमालेले भने लगातार संसद बैठकमा नाराबाजी गर्दै आएको छ । संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ । आजको बैठकमा अर्थ मन्त्री श्री जनार्दन शर्माले “विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र सम्माननीय सभामुखले निम्नलिखित शोक प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसुची रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला