काठमाडौं । भदौं २९ गते
निर्धारित मितिमा एनआरएनएको १० औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन नेपाल सरकारसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले माग गर्नु भएको छ ।
उहाँले वर्तमान कार्यसमितिले संस्थागत सुधारका लागि विशेष अधिवेशन गरेर नयाँ विधान संशोधन गरेको र त्यही विधानका आधारमा महाधिवेशन गर्न लागेकोसमेत बताउनु भएको छ ।
निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र सार्वजनिक भएको र दाबी विरोधको समय रहेको उहाँको भनाई छ ।