×

TUNGOON

तालिबानद्वारा पन्जशिर उपत्यकामा २० जना सर्वसाधारणको हत्या


काठमाडौं । भदौं २९ गते
पन्जशिरमा नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) र तालिबान लडाकुबिच भिडन्त हुँदै आएको छ । तालिबानले पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणको हत्या गरेको खुलेको छ।

तालिबानले उपत्यकाको सञ्चार सम्पर्क विच्छेद गरेको र कम्तीमा २० सर्वसाधारणको हत्या गरेको पुष्टि भएको बिबिसीले जनाएको छ ।एक भिडियोमा पान्जशिरको सडकमा सैन्य पोशाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुले घरेको र उनीमाथि गोली प्रहार गरेको देखिन्छ । गोली लागेर ती व्यक्ति ढलेको भिडियोमा देखिन्छ । मारिएका ती व्यक्ति आर्मी हुन् या होइनन् भन्ने खुलेको छैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला