×

TUNGOON

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात गरेको प्रधानमन्त्री देउवाको भनाई


काठमाडौं । भदौं २९ गते
बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई छ ।

उहाँले सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको बताउनु भएको छ ।

यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी ,बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। प्रधानमन्त्री देउवाले कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको बताउनु भएको छ ।

उहाँले नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात गरेको बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन कानूनहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नु भएको छ । नेपालले बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएको ३० पनि वर्ष पुरा भइसकेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला