×

TUNGOON

राष्ट्रिय सहमति कायम गरी एमसीसी अनुमोदन गरे राष्ट्रको हित हुने पूर्वप्रधानमन्त्री डा. भट्टराईको तर्क


काठमाडौं । भदौं २९ गते
राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्दा नै देशको हित हुने पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईको भनाई छ ।

आज गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा.भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताउनु भएको हो । उहाँले ‘एमसीसीको विषय अहिले पेचिलोरूपमा उठेकाले यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्ने धारणा राख्नु भएको छ ।

दलगत राजनीति र दलभित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नलाई गिजोल्याउने काम गर्न नहुने आफ्नो मान्यता रहेको पूर्वप्रधानमन्त्री डा .भट्टराईको भनाई छ । उहाँल्े ‘एससीसी पनि विशुद्धरूपमा एउटा परियोजना अनुदान सम्झौता भएको बताउँदै यस्ता सम्झौता थुप्रै देशसँग हुने गरेको जिजिर गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री डा .भट्टराईले एमसीसीको विषयमा सरकारमा रहँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा गर्ने नेपालका राजनीतिक दलको प्रवृतिका कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको बताउनु भएको छ ।

उहाँले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको पाइएको बताउनु भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला