×

TUNGOON

अझै केही दिन झरी पर्न पर्ने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी


काठमाडौं । कार्तिक ३ गते
नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अझै कायम छ। जसका कारण केही दिन यता देशका विभिन्न स्थानमा वर्षा भएको छ भने बाढी पहिरोको समस्यासमेत देखिएको छ।

आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू(भागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम बर्षा भएको छ । हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ । प्रदेश १, प्रदेश नं २, बागमती, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानका साथै बाकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १ र प्रदेश नं २का थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला