×

TUNGOON

शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई गाउँ गाउँमा लैजानुपर्छ देवेन्द्र पौडेल


 

काठमाडौं । कार्तिक ३ गते
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्​ (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताउनु भएको छ । मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई गाउँ गाउँमा लैजानुपर्ने बताउनु भएको छ ।

उहाँले सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको भएको र जहाँ गरिबी छ त्यहाँ लगेर रोजगारमुलक दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले यस कार्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । आंशिक रुपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नुपर्ने उहाँको भनाई थियो ।

देशभर ६१ आंगिक प्राविधिक शिक्षालय भएको बताउँदै आवश्यकताका आधारमा सम्बन्धन दिन समस्या नहुने विषयलाई मन्त्री पौडेलले प्रष्टाउनु भएको छ । उहाँले जनतासँग जोडिएको विषय भएकाले यसलाई उत्पादनसँग जोड्दै जनपक्षीय बनाउनु पर्ने जिकिर गर्नु भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला