×

TUNGOON

माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जना मृत्यु


काठमाडौं । कार्तिक ३ गते
लगातारको वर्षासँगै माटोको ढिस्को खसेर घर भत्किँदा हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँमा एकै परिवारका ६ जना मृत्यु भएको छ।प्रहरीका अनुसार मंगलबार राति ९ बजेतिर घरमाथिबाट माटोको ढिस्को खस्दा धनवीर शाहीसहित उनको परिवारका ६ जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार सञ्चार सेवा अवरुद्ध रहेकाले घटनाबारे आज बिहानमात्रै जानकारी आएको हो।अहिले सेना तथा प्रहरीसहितको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ गएको छ । घटनाबारे विस्तृत विवरण टोली त्यहाँ पुगेपछि थाहा हुने बताइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला