काठमाडौं । कार्तिक ७ गते
नेपालमा पत्ता गोभीको खेती बढी हुने गरेको छ । पत्ता गोभीलाई सलादको रूपमा होस् या काचै किन नहोस् बढी प्रयोग भएको पाइन्छ । हाम्रो देशमा तरकारी र सलादको रूपमा बढी सेवन गर्ने प्रचलन छ ।न्दागोभी भन्ने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने पनि बेर लगाउँदैनन् ।तर बन्दा गोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । पत्ता गोभीमा भिटामिन ए, फाइबर, बीटा कैरोटीन, भिटामिन बी, विटामिन बी, विटामिन के, विटामिन ई, विटामिन सी, आयरन, पोटैशियम, सल्फर, प्रोटीन प्रसस्त खनिज लवण जस्ता थुप्रै प्रकारको पोषक तत्व यसमा पाइन्छ ।बन्दागोभीका लाभ बारे तल उल्लेख गरिएको गरिएको छ ।
न्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ ।
ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ । भिटामिन युको यु अक्षर ल्याटिन भाषाको शब्द युलसबाट लिइएको हो, जसको अर्थ हुन्छ अल्सर । नियमित रुपमा बिहान र बेलुकी एक–एक कप ताजा बन्दाको रस पिउनाले अल्सरको समस्यामा समेत लाभ हुन्छ ।
बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।
दैनिक रुपमा बन्दा खाँदा कोलेस्ट्रोलको मात्रा घट्ने विभिन्न अध्ययनले पुष्टि गरेको छ । वास्तवमा बन्दाले राम्रो कोलेस्ट्रोलको मात्रा ९एचडीएल० बढाउने र खराब कोलेस्ट्रोल घटाउने गर्छ । यससँगै बन्दाको जुसले मुटुको धमनीमा रगत बाक्लो हुने समस्याबाट समेत मुक्त गराउँछ । यसले मुटुको रोगबाट मुक्त गराउँछ । बन्दामा हुने फाइबरले कोलेस्ट्रोल घटाउँछ ।
बन्दा भिटामिन सी, पोटासियम र म्याग्नेसियमको महत्वपूर्ण स्रोत हो । अत्यधिक पोटासियमयुक्त खानेकुराले उच्च रक्त चाप नियन्त्रण गर्नुका साथै मुटुको रोगको खतरा न्यून गरिदिन्छ । उता म्याग्नेसियमले मुटुको रोगबाट मुक्त गर्नुका साथै चिनि रोगबाट समेत बचाउँछ । बन्दामा एकदमै हरियो र पहेँलो फलमा हुने एक प्रकारको पोषक तत्व हुन्छ ,जुन हाम्रो शरिरमा पुगेपछि भिटामिन ए मा परिवर्तन हुन्छ ।
त्यसो त सागपातको बढी उपभोग गर्दा तौल घटाउन सहयोग मिल्छ । तौल घटाउन सहयोग पु¥याउने सागसब्जीमध्येको महत्वपूर्ण सब्जी हो बन्दा । तसर्थ तौल घटाउन चाहनेका लागि बन्दा एउटा महत्वपूर्ण औषधी हो । बन्दामा हुने फाइबरले पाचन प्रणालीलाई स्वस्थ मात्र बनाउँदैन यसले तपाईँको शरिरलाई सन्तुष्टि पनि बनाउँछ जसका कारण तपाईँको तौल पनि घट्छ ।
बन्दाको निरन्तर उपभोगले शरिरबाट उत्तेजक मेटाबोलिजमलाई बाहिर फाल्न सहयोग गर्नुका साथै कोलेस्ट्रोलको उचित उपयोग गरीे क्यान्सर हुनबाट मुक्त गर्छ । बन्दामा एन्डिअक्सिडियन्ट भएकोले क्यान्सर र अन्य रोगबाट मुक्त गर्न सहयोग गर्छ ।
कमजोर दृष्टि भएका बन्दालाई आफ्नो खानाको एउटा महत्वपूर्ण अंश बनाएर दृष्टिमा सुधार ल्याउन सक्छन् । बन्दामा पाइने स्यान्थोपी हाम्रो आँखालाई स्वस्थ राख्न उपयोगी हुनुका साथै बुढेसकालमा आखा कमजोर हुने समस्याबाट बचाउँछ । यसमा हुने भिटामिन ए आँखाका लागि निकै लाभदायक हुन्छ ।
बन्दालाई पकाएर भन्दा काँचै खाँदा फाइदा हुन्छ । पकाएर खाँदा यसमा भएका पोषकतत्व नष्ट हुन्छ । यसलाई सलादको रुपमा प्रयोग गर्दा धेरै फाइदा हुन्छ । बन्दालाई काटेर अन्य तरकारी, दाल, सब्जी वा अन्य तयारी खानामा मिसाएर खान सकिन्छ । बन्दामा थोरै पानी मिसाए यसलाई राम्रोसँग पिसेर यसको जुस निकाल्न सकिन्छ ।