×

TUNGOON

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्डले विजयी शुरूवात गर्यो


काठमाडौं । कार्तिक ७ गते
शनिबार राति दुबईमा भएको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्डले विजयी शुरूवात गरेको छ । साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले हराउदै इंग्ल्यान्डले विजयी शुरूवात गरेको हो ।इंग्ल्यान्डले टी–ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराएको यो पहिलो पटक हो ।वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ रन बनाए । कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे ।मोइन अली ३ र लियाम लिभिङस्टोन १ रनमा आउट भए । वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला