×

TUNGOON

आगामी मंसिर १३ गतेसम्म पार्टीले निर्वाचन गरेर नयाँ पदाधिकारी चुन्न नसके कारवाहीमा पर्ने –रामचन्द्र पौडेल


काठमाडौं । कार्तिक ७ गते
आगामी मंसिर १३ गतेसम्म पार्टीले निर्वाचन गरेर नयाँ पदाधिकारी चुन्न नसके कारवाहीमा पर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनु भएको छ । शनिबार कैलालीमा आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उक्त समयसीमाभित्र पार्टीको निर्वाचन हुन नसके अवैध पार्टी ठहरिएर निर्वाचन आयोगको कारवाहीमा परिने उहाँले बताउनु भएको हो ।

उहाँका अनुसार निर्वाचन आयोगका आयुक्तसँग कुराकानी गर्दा आगामी मंसिरको ९ देखि १३ सम्म निर्वाचन गरेर नयाँ नेतृत्व चयन नगरे कारबाही पर्न सकिन्छ ।

नेता पौडेलले पार्टीलाई अवैध अवस्थामा राखेर टिकट बाँड्ने खेल गरेको भन्दै पार्टी अध्यक्ष शेरबहादुर देउवाप्रति रोस प्रकट गर्नु भएको छ । उहाँले सभापति देउवाका कारण पार्टीमा अहिले कलह निम्तिएको पनि आरोप लगाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला