×

TUNGOON

सत्तारुढ पाँच दलीय गठबन्धनले देशलाई दिशाहीन अवस्थामा पुर्याउने प्रयास गरिरहेको ओलीको आरोप


काठमाडौं । कार्तिक ७ गते
सत्तारुढ पाँच दलीय गठबन्धनको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गनर्स भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरुले देशलाई दिशाहीन अवस्थामा पुर्याउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भएको छ ।

शनिबार देशभरका पार्टी वडा अधिवेशनहरुको भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्दै उहाँले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई अराजकतातर्फ धलेकिरहेको दावी समेत गर्नु भएको छ ।

उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारेर प्रतिगामी शक्तिहरुको सेवा गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भएको छ । प्रतिगामी शक्तिहरु देशलाई अस्थिरतामा धकेल्ने काम गरिरहेको अध्यक्ष ओलीको आरोप छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला