×

TUNGOON

म्यानचेस्टर युनाइटेड ५–० गोल अन्तरले पराजित


काठमाडौ । कार्तिक ८ गते
गएराति भएको इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि ५–० गोल अन्तरको सानदार जित निकालेको हो ।

युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरेका थिए । नेबी केइटा र डिएगो जोटाले एकरएक गोल गरे ।

खेलको पाँचौँ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।अर्को खेलमा टोटेनह्याम वेस्ट ह्यामसँग १–० गोल अन्तरले पराजित भएको छ । वेस्ट ह्यामको जितमा माइकल एन्टोनियोले निर्णायक गोल गरेका हुन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला