×

TUNGOON

यस्ता छन् पनिर खानुका फाईदाहरु


काठमाडौं । कार्तिक १३ गते
पनिर स्वादिष्ट परिकारको रुपमा परिचित छ । त्यसैले घरमा सामान्य कार्यक्रममा पनि मानिसहरु पनिरको परिकार बनाउँन चाहान्छन् । स्वास्थ्यका लागि फाइदाजनक र स्वादका लागि पनि पनिरलाई उत्कृष्ट मान्ने गरिन्छ ।

दुधबाट बनाइने पनीर हामी जो कोहीलाई मन पर्छ । पनीरमा शरिरलाई आवश्यक पर्ने विभिन्न पोषक तत्वहरु रहेको हुन्छ । यसमा दुधको सबै गुणहरु विद्यमान हुन्छ । पनीरमा प्रोटिन, क्याल्सियम, भिटामिन, फस्फोरस लगायतका विभिन्न पोषक तत्वहरु रहेको हुन्छ ।

पनीरलाई हामी विभिन्न तरहले उपयोग गर्न सक्छौँ । आज हामी पनीरको उपयोगिता र फाईदाबारे जानकारी दिँदैछौँ । प्रोटिनको मुख्य स्रोत शाकाहारी भोजनको लागि पनिर अति उत्तम हो । जसले माछा मासु खाँदैन उसको लागि प्रोटिनको स्रोत भनेको पनीर हो । सय ग्राम पनीरमा १८ ग्राम त प्रोटिन हुन्छ ।

दाँत मजबुत बनाउँछ –हाम्रो दाँतलाई मजबुत बनाउने क्याल्सियम पनीरमा पाईन्छ । पनीरमा निकै कम मात्रामा लेटेक्स पाईन्छ जसको कारण दाँतको लेटेक्स नोक्सान हुँदैन । पनीरले दाँत मजबुत बनाउनुका साथै स्वस्थ पनि राख्छ ।

हाड मजबुत राख्छ –पनीरमा पाईने पोषक तत्वले हड्डी बलियो बनाउँछ । विषेश गरी गर्भवती महिला तथा बच्चा र बुढापाकाले पनीरको सेवन गर्नाले अति फाईदा मिल्छ । यसका साथै शरिरको गाँडागुठी दुख्ने रोगबाट पनि आराम दिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ९पनीरको सेवनले शरिरमा रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ । त्यसका साथै ब्लड प्रेसर नियन्त्रणमा राख्छ । डायविटिज हुन दिँदैन । शरिरको अंग बलियो बनाउन मद्धत गर्छ ।

पाचन प्रणाली मजबुत बनाउँछ –पनिरमा फाइबरको मात्रा पनि हुन्छ, जसको कारण पाचन प्रणालीमा देखा पर्ने समस्यालाई हटाउँछ । पनिरले राम्ररी खाना पचाउँछ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला