×

TUNGOON

खाना पकाउने ग्यास, पेट्रोल, डिजेल लगाउतको मुल्यमा बृद्धि


 

काठमाडौं । कार्तिक १३ गते
खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य नेपाल आयल निगमले बढाएको छ।निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनमा मूल्य बढाएको हो।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा० पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३र३ रूपैयाँ बढेको छ।योसँगै पेट्रोल अब १३३ रूपैयाँ प्रतिलिटर पर्नेछ।डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ।

त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दस रूपैयाँ बढेर ९६ रूपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ५० रूपैयाँ बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार पाँच सय रूपैयाँ पर्नेछ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला