×

TUNGOON

न्यायापालिकामाथि एमालेले हस्तक्षेप गर्दै आएको छ –माधवकुमार नेपाल


काठमाडौं । कार्तिक १३ गते
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायापालिकामाथि एमालेले हस्तक्षेप गर्दै आएको आरोप लगाउनु भएको छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चाकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायालयका पाँचजनाले राजीनामा दिनुपर्छ भनि दिएको अभिव्यक्ति अस्वीकार्य रहेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले न्यायापालिकाले गतवर्ष पुस ५ गते र यहि वर्ष जेठ ७ गते ओली सरकारविरुद्ध ऐतिहासिक निर्णय गर्नु भएको छ । पछिल्लो समय ओलीको जथाभावी बोल्ने प्रवृत्ति बढेको बताउँदै अध्यक्ष नेपालले तानाशाहविरुद्ध गलत कुराविरुद्ध कसैले टिप्पणी गरे उहाँलाई खपिसक्नु नहुने बताउनु भएको छ ।

विगतमा उहाँको तानाशाही प्रवृत्तिका कारण मुलुकमा अराजकता, संविधान समाप्त पार्ने अवस्था देखिएको र न्यायापालिका स्वतन्त्र निकाय भएको हुँदा त्यसको समाधान पनि छलफलबाट नै गरिनुपर्ने उहाँको भनाई छ। अहिले बाहिर कुरा निस्किएजस्तो प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने सन्दर्भ कतै र कसैले नगरेको उहाँले प्रष्ट पार्नु भएको छ । यसैबिच अध्यक्ष नेपालले प्रदेश १ मा आफ्नै पार्टीको सरकार गठन हुने कुरामा अडिग रहेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला