×

TUNGOON

ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित


काठमाडौं । कार्तिक १५ गते
भारत जारी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । आइतबार भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराएको हो ।

भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । न्युजिल्यान्डको उत्कृष्ट बलिङसामु निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भारत ११० रनमै समेटिएको थियो ।न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए भने केन विलियम्सनले नटआउट ३३ रन बनाउँदा मार्टिन गुप्टिलले २० रनको योगदान गरेका थिए ।

भारतका लागि जसप्रीत बुमराले २ विकेट लिएका थिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाएका थिएका थिए । भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुल १८ रनमा आउट भएका थिए । त्यस्तै अर्का ओपनर इशान किशनले मात्र ४ रन बनाएका थिए ।

रोहित शर्माले १४ रन बनाए भने कप्तान विराट कोहली पनि ९ रनमै आउट भएका थिए । आइतबार ऋषभ पन्तको पनि ब्याट चलेन । उनले १९ बल खेलेर मात्र १२ रन बनाएका थिए । त्यस्तै २४ बल सामना गरेका हार्दिक पाण्ड्याले २३ रन बनाएका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला